काठमाडौँ-उपराष्ट्रपति निर्वाचनमा मतदान कसलाई दिने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ ।
सोबारे पार्टी सभापति रविलामिछानेले आज बिहान साढे ११ बजेबाट पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।
उपराष्ट्रपति चयनका लागि आजै १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।प्रतिनिधि सभामा १९ सांसदसहित चौँथो ठूलो दल रहेको रास्वपाले यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि निर्वाचनकै दिन मतदान गर्ने निर्णय गरेको थियो ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीका ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।






प्रतिक्रिया