काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न आज बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बोलाइएको बैठक आचारसंहितालाई मध्यनजर गर्दै स्थगित गरिएको जनाइएको छ ।
आज १० देखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् ।
रास्वपाले उपराष्ट्रपतिमा गठबन्धनका उम्मेदवार यादवलाई सहयोग गर्ने संकेत गरेको छ ।






प्रतिक्रिया