अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सभापति देउवाद्वारा मतदान

कांग्रेस सभापति देउवाद्वारा मतदान


काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।

सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता हुनुहुन्छ ।