काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो।
उपराष्ट्रपति चयनका लागि बिहान १० बजदेखि मतदान भइरहेकाे छ । मतदान दिउँसाे ३ बजेसम्म चल्नेछ।
उपराष्ट्रपतिका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य तथा गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र जनमत पार्टीका ममता झा उम्मेदवार हुनुहुन्छ ।






प्रतिक्रिया