काठमाडौँ – उपराष्ट्रपति पदको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो।
संसद भवन नयाँ बानेश्वरमा जारी मतदानपछि बाहिरिने क्रममा उहाँले सत्ता गठबन्धन साँठगाँठमा रमाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो डेमोक्रेटिक सिस्टम होइन, साँठगाँठवाला सिस्टम हो । साँठगाँठ गरेर अघि बढेका छन्।’
अध्यक्ष ओलीले केन्द्रबाट प्रदेशसम्म सत्ता गए पनि आफूहरुलाई फरक नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता गएर के हुन्छ, हामी प्रतिपक्षमा बस्छौँ । प्रतिपक्षमा बस्दैमा राजनीति सकिने होइन, अमेरिकामा पनि रिपब्लिकन पार्टी प्रतिपक्षमा बसेकै हो, उसको राजनीति सकिएको छैन।’
उहाँले संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्थाको कानुनबारे आफूहरुले संसदमा स्पष्ट बोल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘टीआरसीबारे हामी संसदमा स्पष्ट रुपमा बोल्छौँ । टुंग्याउनुपर्छ तर राम्रो गरेर।’






प्रतिक्रिया