काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफूहरुले सत्ताको लागि नेपाली कांग्रेसले जस्तो ढोक्सा नथाप्ने बताउनुभएको छ।
आज उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न संसद भवन पुग्नुभएका बास्कोटाले सत्ताका लागि कांग्रेसले थापेजस्तो ढोक्सा आफूहरुले नथाप्ने र जनताको बीचमा गएर ढ्वाङ थाप्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ढोक्सा’ भनेको षड्यन्त्र हो, जाली काम हो ।’
बास्कोटाले सरकारले रासायनिक मलको भाउ बढाएकोमा टिप्पणी पनि गर्नुभयो । उहाँले अबको राजनीति कुन दिशामा जान्छ, भन्ने प्रश्नमा आफू ज्योतिष नभएको र यसबारे देउवालाई प्रश्न गर्न पनि भन्नुभयो।






प्रतिक्रिया