अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई निस्तेज पार्न विराटनगरमा निषेधाज्ञा जारी

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई निस्तेज पार्न विराटनगरमा निषेधाज्ञा जारी


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानहरूमा आज पनि निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई निस्तेज पार्न प्रशासनले विराटनगरमा निषेधाज्ञा जारी गरेको हो । 

कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरूले आज वृहत् प्रदर्शन गर्ने लागेपछि जिल्ला प्रशासन कार्यालयले त्यसलाई निस्तेज पार्न निषेधाज्ञा जारी गरेको हो । 

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अनुसार  पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधित क्षेत्र तोकेको छ ।