अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा प्रमुख प्रतिपक्षी दल अब नेकपा एमाले

संसदमा प्रमुख प्रतिपक्षी दल अब नेकपा एमाले


काठमाडौं – संसदमा अब नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिका हुनेछ। नेपाली कांग्रेस सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दलको विवाद सकिएको छ। २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर पनि कांग्रेस प्रतिपक्षीमा बसेपछि प्रतिपक्षी दलको विवाद पेचिलो बनेको थियो ।

१० पुसमा प्रधानमन्त्री चयन गर्न बनेको एमाले-माओवादी समीकरण राष्ट्रपति निर्वाचनमा आएर भत्किएसँगै कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षी बेञ्चमा पुगेको छ।

सरकारमा सहभागी नभएसम्म प्रतिपक्षीको बेञ्चमा बस्ने कांग्रेसको अडान थियो । एमाले र कांग्रेस दुवैले प्रतिपक्षीमा बस्ने भनेपछि १८ दिनसम्म संसद बैठक स्थागित गरिएको थियो । १७ फागुनमा बोलाइएको संसद बैठक अन्तिम समयमा स्थगित गरिएको थियो।

आइतबार कांग्रेसले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेको छ। ‘आजको संसद बैठकमा सत्तापक्षको बेन्चमा बस्ने स्वयं सिद्ध भयो,’ कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भन्नुभयो । एमालेले प्रतिपक्षी बेन्चमा बस्ने औपचारिक पत्र संसद सचिवालयलाई दिइसकेको छ। संसद बैठक आज दिउँसो १ बजे बस्नेछ ।