काठमाडौँ – नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार कसको भन्दै प्रश्न गर्नुभएकाे छ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले किसानले समयमै मल नपाएको, भूमिहीनले जग्गा नपाएको, युवाले रोजगारी नपाएको भन्दै यस्तो प्रश्न गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘यो सरकार कसको हो ? यो सरकार कसको लागि काम गरिरहेको छ ?’
रसायनिक मलमा अनुदान कटौती भएकोमा उहाँले असन्तुष्टि जनाउनुभयाे । ‘किसानहरुलाई एक बोरा मलसमेत समयमै उपलब्ध गराउन नसक्ने सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । यो अन्याय कहिलेसम्म भोग्नुपर्ने हो ?’ उहाँको प्रश्न छ ।
प्रतिक्रिया