अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदमा साँवाको प्रश्न: जनप्रतिनिधिलाई बद्नाम गर्ने ठेकेदार कहाँ छन् ?

संसदमा साँवाको प्रश्न: जनप्रतिनिधिलाई बद्नाम गर्ने ठेकेदार कहाँ छन् ?


काठमाडौं – झापा क्षेत्र नं. ४ का साँसद एलपी साँवा लिम्बूले जनप्रतिनिधिलाई बद्नाम गर्ने ठेकेदार कहाँ छन् खोजिदिन आग्रह गर्नुभएको छ।

आजको संसदको बैठकको शून्य समयमा बोल्दै साँवाले विभिन्न शक्तिकेन्द्र र आर्थिक प्रलोभनमा ठेक्का ओगटेका ठेकेदारहरुले समयमा काम नगरिदंदा जनप्रतिनिधीको बद्नाम भएको बताउनुभएको छ।

‘निर्वाचित जनप्रतिनिधीलाई बद्नाम गर्ने गरीजनताको विकासको चाहनामा तुषारापात गर्ने केही ठेकेदार र ठेक्का लगाउने निकायको मिलेमतोमा योजनाहरु अलपत्र छन्’ साँसद साँवाले भन्नुभयो ‘कतिपय ठेकेदार बेपत्ता छन् । कतिपय ठेक्का कसले लिएको पनि थाहा छैन । उनीहरुलाई खोजेर सम्झौता अनुसारको काम लगाउन म सरकारको ध्यानआकर्षण गराउदछु ।’

नेकपा एमालेका तर्फबाट निर्वाचित साँसद साँवाले सुरुगांऔशर्णामतीऔलसुना जोड्ने सडक खण्डको बाँकी काम अविलम्ब पुरा गर्न माग गर्नुभएको छ । यसैगरी गौरादहऔमहाभाराऔतुलाचन सडक निर्माणको काम पनि अविलम्ब सक्न पनि साँवाले माग गर्नु भएको छ ।

 यसैगरी झापा ४ मा सञ्चालित आयोजना अन्तरगतका निर्माणाधिन पुलहरु तत्काल सक्न ठेकेदारलाई समयमा नै काम लगाउन माग गर्नुभएको छ । माइधर-चिल्लागढ जोड्ने,आपँटारी-भालुखोला निर्माणाधिन पुल सम्पन्न गर्न पनि माग गरेको छ । यस्तै बैगुनधुरा-महाभारा-स्यांगलिङको पुल र हुलाकी मार्गको कनकाई र विरीङ खोलामा बनिरहेको पुल पनि समयमा नै सक्न साँवाले माग गर्नुभएको छ ।

यसैगरी चन्द्रडाँगी-लालपानी जोड्ने कनकाई नदीको झोलुंगे पुल तत्कल निर्माण सम्पन्न गर्न पनि साँवाले ध्यानाकर्षण गराउनुभएको छ ।