अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी


सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिका रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै वियजी भएको छ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलनै विजयी भएको हो।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदमा घनश्याम रेग्मी उम्मेदवार बनेका थिए। उनको पक्षमा ७० मत खसेको हो। ७० मत प्राप्त गरेसँगै रेग्मीको प्यानलको नै विजयी भएको हो। 

यस्तै, ६९ मत प्राप्त गर्दै सचिवमा कृष्ण रावल, कोषाध्यक्षमा शंकर सोनीले ७० मत प्राप्त गरेका छन्। 

अनेरास्ववियुको सदस्यहरुमा गिता मल्ल, सिर्जना श्रेष्ठ, हिर्माकुमारी रावलले क्रमश ६९, ७२, ७० मत प्राप्त गरेर विजयी भएका छन्। 

यस्तै, नेपाली कांग्रेस पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनबाट अध्यक्ष पदका लागि खगेन्द्र सापकोटा उम्मेदवार बनेका थिए। उनले जम्मा ६२ मत प्रास्त गरेका छन्। 

सचिव पदका उम्मेदवार कविता बुढाले ६४ मत, कोषाध्यक्ष पदका उम्मेदवार कल्पना घर्ति मगरले ६३, सदस्य पदका उम्मेदवार कविता मल्लले ५९, चन्द्रलाल करालाले ६० मत र निर्मला योगीले ६३ मत प्राप्त गरेका छन्। 

यस क्याम्पसमा जम्मा १४९ मतदाता रहेका थिए। भने १३४ मत खसेको थियो।