अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैतडीको नवप्रभात सयुक्त क्याम्पसको अनेरास्ववियुको प्यानल नै विजयी

बैतडीको नवप्रभात सयुक्त क्याम्पसको अनेरास्ववियुको प्यानल नै विजयी


कैलाली – बैतडीको पञ्चेश्वर गाउँपालिकामा रहेको नवप्रभात सयुक्त क्याम्पसको स्ववियुमा एमाले निकट अनेरास्ववियुकी रेखा घटाल नेतृत्वको प्यानल विजयी भएको छ ।

सभापतिमा रेखाले ७१ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार कविता चन्दले ६० मत ल्याउनु भयो ।

सचिव र कोषाध्यक्षमा अनेरास्ववियुकै क्रमशः अहिल्या ठकुराठीले ७५ र गीता घटालले ७४ मत ल्याएर निर्वाचित हुनु भयो । सदस्यहरुमा पनि अनेरास्ववियुकै पूजा रावत, आशा साउद, सावित्री जोशी विजयी भएका छन् ।