अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दियाको जनसेवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

बर्दियाको जनसेवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी


रूपन्देही – बर्दियाको बारबर्दिया नगरपालिका-१० मा रहेको जनसेवा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जितेको छ ।

एमाले निकट अनेरा स्ववियुका उम्मेदवार लक्ष्मी प्रसाद न्यौपानेको नेतृत्वमा प्यानल नै विजयी भएको हो ।

आज भएको निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियुका उम्मेदवार न्यौपानेले ७३ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का प्रत्यासी गठबन्धनका उम्मेदवार पुर्णसमित छिनालले ४७ मत प्राप्त गरेका थिए । निर्वाचनमा १२६ मत खसेको थियो ।