अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी

त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा विजयी


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन् । 

आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ओझाले ९६२ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत ल्याउनु भयो ।

नेविसंघका ओझा ३३१ मतको अग्रतासहित विजयी भएका हुन्। यहाँ कुल १३ वटा विद्युतीय मेशिन राखिएको थियो। यहाँ कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो। 

ओझा र विष्टसहित क्रान्तिकारीबाट मदन केसी मैदानमा थिए। त्यस्तै नेविसंघबाट विद्रोह गरेर विष्णु बडैला, मिलन बस्नेत, दीपक जोशी  स्वतन्त्र उठेका थिए। तर उहाँहरुले अन्तिम समयमा ओझालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गरेका हुन्।