अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनको माडी क्याम्पसको स्ववियू सभापति अनेरास्ववियुका चौधरी विजयी

चितवनको माडी क्याम्पसको स्ववियू सभापति अनेरास्ववियुका चौधरी विजयी


चितवन – चितवनको माडीमा रहेको माडी क्याम्पसको स्ववियू सभापतिमा एमाले निकटको अनेरास्ववियुका नेता राकेश चौधरी विजयी भएका छन् ।

आज भएको मतदानमा चौधरीले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राप्रपाको विद्यार्थी संगठन र एकीकृत समाजवादीको अनेरास्ववियूसहितको गठवन्धनलाई १३ मतले पराजित गरेका हुन् ।

चौधरीले ११९ मत ल्याउँदा गठवन्धनबाट उठेका अखिल क्रान्तिकारीका रवि भूर्तेलले १०६ मत ल्याएका थिए । चौधरी अनेरास्ववियु माडी क्याम्पस कमिटीका अध्यक्षसमेत हुन् । यस्तै उपाध्यक्षमा सचिव अनेरास्ववियू प्यानलका विकास ओझा र कोषाध्यक्षमा गठवन्धनबाट सन्धा लामिछाने विजयी भएका छन् ।

चितवनका स्ववियू निर्वाचन हुने १७ क्याम्पस मध्ये २ कलेजमा मात्रै आइतवार मतदान भएको थियो । माडी क्याम्पसमा कुल २४९ मतदाता रहेकोमा २२८ मतदान भएको थियो ।