अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

झापाको गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी


गौरादह – झापा गौरादह कृषि क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुले नेविसंघ र क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै प्यानलै निर्वाचित भएको हो।

अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार विक्रम तिवारी निर्वाचित हुनु भएको छ । उहाँले नेविसंघका उम्मेदवार राजेन्द्र काफ्लेलाई पराजित गरेका हुन् । तिवारीले सभापतिमा १३० र काफ्लेले ९९ मत प्राप्त गरेका छन् ।

यस्तै, सचिवमा अनेरास्ववियुका तर्फबाट उम्मेदवार बनेका पूर्णबहादुर रानाले १३८ प्राप्त गर्दै निर्वाचित भएका छन् भने प्रतिद्वन्दी अनेरास्ववियु क्रान्तिकारीका दिवस पंथीले ९२ मत प्राप्त गर्नुभयो। यसैगरी कोषाध्यषमा अनेरास्ववियुकी झरना सुवेदी १३९ मतसहित निर्वाचित हुनुभएको छ भने प्रतिद्वन्दी नेविसंघको उम्मेदवार दिपिका खनालले ८७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी सदस्यहरुमा अनेरास्ववियुका मनिष राई १४२, सनिता बस्नेत १२३, रिकिता चौधरी १३९, सविन कटुवाल १२७ र प्रकाश पौडेल १३० मतसहित निर्वाचित भएका छन् । कृषि क्याम्पसमा २३६ मतमध्ये २२९ मत खसेको थियो ।