मोरङ – मोरङको कानेपोखरीमा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।
अनेरास्ववियुका तर्फबाट स्ववियु सभापति पदका उम्मेदवार मालती रेग्मी निर्वाचित हुनु भएको छ ।
नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीको गठबन्धनलाई हराउँदै रेग्मीको प्यानल विजयी भएको हो।
सचिवमा खगेन्द्र लुइँटेल र कोषाध्यक्षमा निर्मला दंगाल विजयी भएका छन्। त्यसैगरी सदस्यहरूमा अनेरास्ववियुका सुजता गिरी, लीलामणि श्रेष्ठ र सुजता धिमाल विजयी बनेका छन्।
समानुपातिकमा अनेरास्ववियुबाट ३ जना र गठबन्धनबाट नेविसंघका २ जना निर्वाचित भएको निर्वाचन समितिका संयोजक गंगा यादवले बताए। कुल १९६विद्यार्थी रहेकोमा मा १६२ मत खसेको थियो।






प्रतिक्रिया