हेटौँडा – मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वको प्यानलले जित हासिल गरेको छ।
अनेरास्ववियुको तर्फबाट सरोज अर्यालले १३२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी जयबाहादुर रोक्काले ५१ मत मात्र प्राप्त गरे । सचिवमा पनि अनेरास्ववियुकै प्यानलका सुसन पौडेल विजयी हुँदा कोषाध्यक्षमा पनि अर्याल प्यानलकै सुर्य बल विजयी भए।
त्यसैगरी सदस्यहरुमा अर्याल प्यानलकै महेशकुरमार सापकोटा, सेसाप प्रजा, सुनिता बल, प्रमिला चौँलागाई तथा मिरा विशंखे जियी भए ।






प्रतिक्रिया