अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज

नव निर्वाचित उपराष्ट्रपतिको शपथ ग्रहण आज


काठमाडौँ-नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित यादवले  आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा  शपथ लिनुहुने जनाइएको छ  ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । 

निर्वाचनमा यादवले ३० हजार ३२८ मतभारप्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।