अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

बुटवल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी


बुटवल – बुटवल बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।

स्ववियुको अध्यक्षमा ९९३ मत ल्याएर दुर्गाबहादुर एमसी विजयी हुनुभएको छ । उहाँका प्रतिस्प्रर्धी माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ५८३ मत पाउनु भयो ।

नेपाल विद्यार्थी संघका तेस्रो स्थानमा झरेको छ। नेविसंघका अध्यक्षका उम्मेदवार सागर पौडेलले  ३९१ मत ल्याउनुभयो । 

बहुमुखी क्याम्पसको स्ववियू सचिमा ९९१ ल्याएर नीलकण्ठ पाण्डेय र कोषाध्यषमा ९९४ मत ल्याएर शशांक बस्याल निर्वाचित हुनु भयो । सदस्यहरुमा पनि सबै अनेरास्ववियूकै विजयी भएका छन्। 

कूल ७ हजार ११० विद्यार्थी मतदाता रहेको बहुमुखी क्याम्पसमा हिजो भएको मतदानमा २ हजार ६ सय ८१ मत खसेको थियो।