अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड पार्टीका जंगबहादुर हुन्: अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्ड पार्टीका जंगबहादुर हुन्: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्ड जंगबहादुरको जस्तो व्यवहार र शैली भएको बताउनु भएको छ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले ल्याएर प्रधानमन्त्री बनाएको भोलिपल्टबाटै इमान छाडेको टिप्पणी गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिनुअघि एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड नातावाद, कृपावाद रमाएर एमाले विरोधी गतिनिधिमा लागेको आरोप लगाउनु भयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ। त्यो पार्टीका उहाँ बाहेक सबै अरू केही छैन। अलमलमा वा दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीको हुनुहुन्छ। उहाँले जे भन्यो उहाँहरूले अरूलाई बोल्न पनि दिनुहुन्छ। बोलेझैँ गर्‍यो भनेपनि विपक्षमा बोल्यो भनेर त्यसको पत्ता साफ हुन्छ। अरूसँग मिलेको भन्ने आरोप लाग्छ। एकता गर्नु हुन्न। कदम कदाचित एकता भयो भने पनि तोड्ने उद्योगमा लाग्नुहुन्छ। तोडेर जानुहुन्छ। चुनावी तालमेल गर्दा पनि सरकार बनाउन चाहनुभएन।’

प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको आरोप लगाउनु भयो । वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘हाम्रो पहलमा वामपन्थी सरकार उहाँकै नेतृत्वमा बनायौँ तर, प्रधानमन्त्री भएकै भोलिपल्ट उहाँले इमान छाड्नुभयो। इमानमा रहन सक्नुभएन।’

उहाँले प्रधानमन्त्री प्रचण्डप्रति विश्वास नभएको कारणले विश्वासको मत नदिने बताउनु भयो ।