अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री भएको भोलिपल्टबाट प्रचण्डले इमान छोड्नुभयो: अध्यक्ष ओली

प्रधानमन्त्री भएको भोलिपल्टबाट प्रचण्डले इमान छोड्नुभयो: अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री भएको भोलिपल्टबाट इमान छोडेको आरोप लगाउनु भयो।

आज संसद भवन ल्होत्से हलमा आयोजित संसदीय दलको बैठकलाई  सम्बोधन गर्दै उहाँले सो आरोप लगाउनु भएको हो। अध्यक्ष ओलीले प्रचण्ड प्रधानमन्त्री भएपछि दक्षिणपन्थतिर लागेको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रो प्रयासमा वामपन्थीसहितको सरकार बनाउन चाह्यौं । हामीले सरकार बनायौं । प्रधानमन्त्री हुनु थियो प्रधानमन्त्री भएको भोलिपल्टबाट उहाँले इमान छोड्नुभयो । बेइमानी सुरु गर्नुभयो । उहाँ इमानमा रहन सक्नुभएन भनौं । उहाँले दक्षिणपन्थी सरकार बनाउनुभयो ।’

प्रचण्ड प्रधानमन्त्री भएपछि राष्ट्रियता कमजोर भएको ओलीले बताउनु भयो ।