धनगढी – धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेकपा (एमाले) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले जित हासिल गरेको छ। स्ववियु सभापतिमा अनेरास्ववियुका कुबेर खड्का प्यानलसहित विजयी हुनुभएको हो ।
नेपाल विद्यार्थी संघको दबदबा रहँदै आएको सो क्याम्पसमा नेपाल विद्यार्थी संघकै महेशराज जोशीलाई पराजित गरेर खड्का स्ववियु सभापतिमा विजयी हुनुभएको छ । विजयी खड्काले ८१४ र उहाँका प्रतिद्वन्द्वी जोशीले ४२९ मत प्राप्त गरेको जनाइएको छ।
यसैगरी, सचिवमा अनेरास्ववियुका दीपेन्द्र भट्ट विजयी हुनुभएको छ । उहाँले ७०२ मत प्राप्त गर्नुभयो । सचिवका प्रत्यासी नेविसंघका दिलबहादुर बुढाथोकी ५१५ मत पाएर पराजित हुनुभयो । कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरुमा मीनाकुमारी जोशी, प्रदीप खड्का, शरद बराल, दीपकराज जोशी र आशा विष्ट विजयी हुनुभएको छ।






प्रतिक्रिया