काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने भएको छ। सोमबारको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै सभामुख देवराज घिमिरेले चैत १२ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो।
जसअनुसार बैठक चैत १२ गते अपराह्न १ बजे बस्ने छ । आज झण्डै साढे ४ घण्टा चलेको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । यस्तै नेकपा एमाले विधिवत् रूपमा प्रमुख प्रतिपक्षी दलको रूपमा दर्ज भएको छ।
संसदमा विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलपछि सभामुख देवराज घिमिरेले मतविभाजन गराउँदा प्रचण्डले १७२ सांसदको मतसहित विश्वासको मत प्राप्त गर्नुभयो । यस्तै विपक्षमा ८९ सांसदको मत पर्दा एक सांसद तटस्थ रहे । मतदानमा दुई सय ६२ सांसद उपस्थित भएका थिए ।






प्रतिक्रिया