अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्वियुको प्यानल नै विजयी

सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्वियुको प्यानल नै विजयी


सुर्खेत- कर्णाली प्रदेशको सबैभन्दा ठूलो क्याम्पस सुर्खेत बहुमुखी क्यामपसको स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्वियुको पुरै प्यानल विजयी भएको छ। गएराती सम्पन्न मतगणनामा अनेरास्ववियुको अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीले गठबन्धनका उम्मेदवार आफ्ना प्रतिद्वन्द्वी हिक्मत शाहीलाई ४७९ को मतान्तरले पराजित गर्नुभएको छ । सिजापतिले ९ सय ६७ मत प्राप्त गर्नुभयो भने अध्यक्षका अर्का प्रतिस्पर्धी हिक्मत शाहीले४८८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सचिवमा अनेरास्वियुकै भवानी ढकाल ९०४ र कोषाध्यक्षमा ललित राना ७७० मत प्राप्त गरि विजयी भएका छन । करिव ४ हजार बिध्यार्थी अध्धयनरत उक्त क्याम्पसमा जम्मा १६८१ मत खसेको थियो । योसंगै सुर्खेतका ८ वटा क्याम्पस मध्ये ५ वटामा अनेरास्वियु विजयी भएको छ भने दुईवटामा नेविसंघले जितेको छ। मध्यपश्चिम विश्वविध्यालयको केन्द्रीय क्याम्पसमा विवादका कारण निर्वाचन रोकिएको छ।