अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल एयरलाइन्सका कर्मचारीले फुटाए सचिवको ब्याग

नेपाल एयरलाइन्सका कर्मचारीले फुटाए सचिवको ब्याग


काठमाडौं-नेपाल एयरलाइन्सका कर्मचारीले निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीको लगेज फुटाएका छन् । काठमाडौँ-दिल्ली यात्राका क्रममा हिजो सचिव दवाडीको लगेज फुटाइएको हो।

दिल्ली पुगेर हेर्दा आफ्नो लगेज फुटाएको अवस्थामा भेटिएको सचिव दवाडीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

उनले लेखेका छन्, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो । यसको जिम्मा कसले लिने ? तिम्रो अनुसन्धान गर्दै गरौला । मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्‍यो ।’