अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सल्यानमा आगलागीबाट जलेर घाइते भएका चार जनालाई भारत लगियो

सल्यानमा आगलागीबाट जलेर घाइते भएका चार जनालाई भारत लगियो


सल्यान – सल्यानको कुमाख गाउँपालिका-४ भण्डारखोलास्थित शंकर रानाको तीन कोठाको टिनले छाएको एकतले घरमा रहेको किराना पसलमा लागेको आगलागीबाट सख्त घाइते भएका चार जनालाई मेडिकल कलेज कोहलपुर बाँकेबाट थप उपचारका लागि लख्नऊ लगिएको छ ।

घाइते भएका १८ वर्षीय क्षेत्रमणि रानाबाहेक घरधनी २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई मेडिकल कलेज कोहलपुरले रेफर गरेपछि थप उपचारका लागि लख्नऊ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताउनु भयो ।

रेफर गरिएकाको अवस्था जटिल रहेको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार क्षेत्रमणि रानाको अवस्था सामान्य रहेको छ । अस्पतालले उहाँलाई घर फर्काएको छ ।

गएराति साढे ८ बजे पसलमा बसिरहेका बेला एक्कासी आगलागी हुँदा जलेर कुमाख गाउँपालिका ४ भण्डारखोलाका उनीहरू घाइते भएका थिए । घाइते सबैलाई मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि आफन्तले थप उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेका थिए ।