अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघ रामेछापको अध्यक्षमा सुरेन्द्र कार्की

राष्ट्रिय युवा संघ रामेछापको अध्यक्षमा सुरेन्द्र कार्की


रामेछाप – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको रामेछाप जिल्ला अध्यक्षमा सुरेन्द्र कार्की चयन हुनुभएको छ।

सोमबार र मंगलबार मन्थलीमा भएको जिल्ला अधिवेशनबाट मन्थली नगरपालिका वडा नम्बर २ का वडाध्यक्षसमेत रहेका कार्की अध्यक्षमा चयन हुनुभएको हो।

कमिटीको उपाध्यक्षमा मनिता सुनवार, सचिव शिव सागर मगर तथा सहसचिवमा रामहरी कार्की र बलराम थापा चयन भएका छन् भने कोषाध्यक्षमा दिपक भण्डारी चयन भएका छन् । अधिवेशनले युथफोर्सको प्रमुखमा रोशन लामा र साइबर सर्कलको प्रमुख आकाश खड्का चयन भएका छन् ।

युवासंघका अध्यक्ष किरण पौडेलले अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।