अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजेन्द्र लिङ्देनकाे टिप्पणी -हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने दिन आयो  

राजेन्द्र लिङ्देनकाे टिप्पणी -हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने दिन आयो  


काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्नेभन्दा पनि माग पूरा गर्न सुझाव दिनुभएकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरेपछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले यस्तो टिप्पणी गर्नुभएकाे हाे ।

‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङ्देनले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्न, जो तपाईँ स्वयमलाई थाहा छ।’