अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक विकास र समृद्धिका लागि एमाले बलियो शक्ति बन्न आवश्यक : महासचिव पोखरेल

आर्थिक विकास र समृद्धिका लागि एमाले बलियो शक्ति बन्न आवश्यक : महासचिव पोखरेल


नेपालगन्ज-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका लागि  एमाले बलियो बन्न आवश्यक रहेको बताउनुभएको छ ।

मिसन ग्रासरुट तथा राष्ट्रिय युवा सङ्घ नेपालको नवौं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा एमाले बाँकेद्वारा मङ्गलबार नेपालगञ्जमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो, ‘आर्थिक विकास र समृद्धिका लागि एमाले बलियो शक्तिको रूपमा स्थापित हुन आवश्यक छ ।’

महासचिव पोखरेलले विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख समस्याको रूपमा देखिएको बताउनुभयो । विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता देखिएको भन्दै महासचिव पोखरेलले एमाले बलियो भएमात्र समृद्धि र विकासको सपना पूरा हुने बताउनुभयो । 

एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनले एमालेको पक्षमा जनमत प्रकट भएको वताउनुभयो । 

पार्टीका स्थायी कमिटी सदस्य डा। राजन भट्टराईले पार्टी संगठनलाई गाउँ तहसम्म पुर्‍याउन मिसन ग्रासरुट सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य सूर्य ढकाल, केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पोखरेलले चैत २७ देखि २९ गतेसम्म नेपालगञ्जमा हुने राष्ट्रिय युवा सङ्घको राष्ट्रिय अधिवेशन सफल पार्न आग्रह गर्नुभयो ।