अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्रासरुट अभियानले पार्टी शुद्धीकरणमा मद्दत पुग्ने विश्वास

ग्रासरुट अभियानले पार्टी शुद्धीकरणमा मद्दत पुग्ने विश्वास


लमजुङ । नेकपा (एमाले) को मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत सोमबार (२०७९ चैत ६ गते) लमजुङमा जिल्लास्तरीय कार्यकर्ता भेला बेसीशहरमा सम्पन्न भएको छ । 

भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले मिसन ग्रासरूटले पार्टीभित्र कतिपय कार्यकर्तामा देखिएको स्वार्थी चिन्तन र प्रवृत्तिलाई हटाउन मद्दत गर्ने बताउनुभयो ।

यसैगरी सचिव पदमा अर्यालले मुलुकमा विचारको नेतृत्व नेकपा (एमाले) ले गर्ने बताउनुभयो । सामाजिक न्यायसहितको आर्थिक समृद्धि एमालेले गर्ने उहाँले भनाई छ । 

स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मिसन ग्रासरूट पार्टी पुनर्निर्माणको महाअभियान भएको बताउनुभयो । 

भेलामा पोलिटब्युरो सदस्य टुकराज सिग्देल, पार्टीका केन्द्रीय सदस्य तथा लमजुङ इञ्चार्ज मायानाथ अधिकारी लगायतले अभिमुखीकरण गर्नुभएको थियो । लमजुङ जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको भेलामा लमजुङ सह– इन्चार्ज टुका हमाल, केन्द्रीय सदस्य सम्झना देवकोटा, प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, प्रदेश सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य लगायतको उपस्थिति थियो । 

दूधपोखरीमा वडा कमिटी गठन

यसैबीच, मिसन ग्रासरूट अन्तर्गत लमजुङको दूधपोखरी गाउँपालिका वडा नं १ मा नेकपा (एमाले) वडा कमिटीको प्रतिनिधि परिषद्को बैठक सम्पन्न भएको छ । प्रदेश कमिटीका सचिवालय सदस्य सिंहबहादुर थापाको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकले गजबहादुर गुरुङको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठनसमेत गरेको छ ।