अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु


झापा-पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको  मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । 

जिपका चालक इलाम नगरपालिका–२ का ३२ वर्षीय पेम्बा तामाङलाई आज बिहान प्रहरीले विर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो ।