दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण नेपालमा विकासले गति लिन नसकेको बताउनु भएको छ ।
राष्ट्रिय युवा संघको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्न दाङमा आउनु भएका महासचिव पोखरेलले चुनावको माध्यमबाट बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेकाले राजनीतिक अस्थिरता पैदा भएको र त्यसकै कारण देश बन्न नसकेको बताउनुभयो।
महासचिव पोखरेलले भन्नुभयो, ‘राजनीतिक अस्थिरताका कारण देशको प्रगति हुन सकेको छैन। एमालेको बहुमत सरकार नबन्दासम्म देश समृद्ध हुँदैन।’
एमाले आगामी दिनमा सबैभन्दा बलियो राष्ट्रिय शक्ति स्थापित भएर देश समृद्ध बनाउने उहाँले बताउनुभयो।
एमाले बलियो शक्ति बन्ने प्रयास गरिरहेका बेला नेपालको भलो नचाहने देशी-विदेशी शक्तिले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उहाँले टिप्पणी गर्नुभयो ।






प्रतिक्रिया