अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक


काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।

चैत ६ गते विश्वासको मत लिनु भएका प्रधानमन्त्री प्रचण्डले यही साता सरकारलाई पूर्णता दिने वचन दिनु भएको छ । नेकपा एमाले, रास्वपा र राप्रपाले सरकार छाडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छ।

आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर प्रचण्डले चाँडै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । प्रचण्डलाई ११ दल विश्वासको मत दिएको थियो ।