दाङ- नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ दाङको अध्यक्षमा विवेक योगी निर्वाचित हुनुभएको छ । हिजो १०औँ अधिवेशनबाट योगी निर्विरोध निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेपनि चार जनाले उम्मेदवारी फिर्ता लिएपछि योगी निर्विरोध निर्वाचित भएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयो ।
त्यसै गरी उपाध्यक्षमा मोहन पुन, सचिवमा ऋषिराज भुसाल, सहसचिवमा सम्राट भण्डारी, महिला सहसचिवमा श्रीदेवी थारु र कोषाध्यक्षमा जावेद अन्सारी सहित ७५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ ।
अधिवेशन एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नु भएको थियो ।






प्रतिक्रिया