अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतामाई-४ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रौतामाई-४ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न


उदयपुर-सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि उदयपुरको रौतामाई गाउँपालिका ४ नम्बर वडाले पोखरीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७९/०८० को योजना तथा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी र गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई गरिएको हो।

रौतामाई गाउँपालिका-४ वडा कार्यालयले वर्षभरि गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चित गर्नका लागि वडाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको वडाअध्यक्ष रविन्द्र कुमार खत्रीले बताउनुभयो।

वडाअध्यक्ष खत्रीले भन्नुभयो, ‘रु.५६ लाख ७१ हजारको सार्वजनिक सुनाइ गरिएको हो । वडा ४ मा १६ वटा टोल सुधार समिति छन् भने सात वटा समावेशी संस्था रहेको छन् । टोल सुधार समितिका अध्ययक्ष र सहभागीहरुले विभिन्न सुझवा र सल्लाह दिनुभएको छ । सो सुझाव र सल्लाह अनुसार सकेसम्म काम गर्ने प्रतिवद्धता गर्दछु।’

वडा कार्यालयबाट हुने काम नागरिकता तथा नागरिकताको प्रतिलिपी सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, बसाइसराई दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्ता, अन्य सिफारिसहरु, लिखत प्रमाणित तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नाम नविकरण जस्ता कामलाई अझ प्रभावकारी बनाउने वडा अध्यक्ष खत्रीले बताउनु भयो ।

वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र कुमार खत्रीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि रौतामाई गाउँपालिका अध्यक्ष वीरेन्द्र कुमार मगर हुनुहुन्थ्यो।

यसैगरी विशेष अतिथि रौतामाई गाउँपालिका उपाध्यक्ष भुपिन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेल, लेखा प्रमुख भुपध्वज रायामाझी, सामाजिक विकास समिति संयोजक तथा वडा २ का वडाअध्यक्ष होमबहादुर दाहाल,  वडा-६ का वडाअध्यक्ष पृथ्वीकुमार राई, वडा नम्बर ७ का वडाअध्यक्ष मनोज कुमार राना मगर, वडा नम्बर ८ का वडाअध्यक्ष घमानसिंह थापा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

वडाअध्यक्ष खत्रीले टोल भेला तथा सार्वजनिक सुनुवाई कार्यक्रमलाई सव्य र भब्य तरिकाले सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, टोल विकास समिति, उपभोक्ता समिति तथा शिक्षकहरुलाई विशेष धन्यावद दिनुभयो ।  

तस्वीरहरुः रौतामाई गाउँपालिका-४