अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड

रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड


गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको छ । पोखराको लेकसाइडमा खुलेको होटल पौवाको आज उद्घाटन गर्दै उहाँले राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध नबन्ने धारणा राख्नुभयो।

“समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न देशमा उद्योग, व्यवसाय फस्टाउनुपर्छ, रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो । सामूहिक लगानीमा जोड दिँदै राज्यले व्यवसायमैत्री नीति ल्याउनुपर्ने उहाँको भनाइ छ । उहाँले नेपालमा सेवामूलक व्यवसायको पनि उत्तिकै भविष्य रहेको बताउनुभयो।

होटल पौवा प्रालिले रु १० करोडको लगानीमा पोखरामा आतिथ्य सेवा विस्तार गरेको हो । लेकसाइडमा सञ्चालनमा आएको उक्त होटल पौवाको एघारौँ शाखा हो । यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटल पौवाले सेवा दिँदै आएको थियो।

आतिथ्य सेवामा प्रालिले हालसम्म झन्डै रु ६० करोड लगानी गरिसकेको होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताउनुभयो । होटलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको उहाँको भनाइ छ ।