अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीद्वारा लुम्बिनीको अवलोकन भ्रमण

अध्यक्ष ओलीद्वारा लुम्बिनीको अवलोकन भ्रमण


काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्व शान्तिको मुहान लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएकाे छ। 

उहाँको साथमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी, सांसदहरू, पूर्व मन्त्रीहरू र पार्टीका नेताहरू सहभागी हुनुहुन्थ्याे ।

पूर्व प्रधानमन्त्री ओलीले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभा हल र लुम्बिनीमा निर्मित गुरुयोजना अनुरूपका विभिन्न संरचनाको बारेमा जानकारी लिनुभएकाे थियाे । 

त्यस अवसरमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलगायतले विभिन्न विषयमा जानकारी गराउनुभएकाे थियाे । 

कपिलवस्तुमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरूट अभियानमा सहभागी हुन उहाँ लुम्बिनी पुग्नुभएकाे हाे । 

यो समयमा उहाँले पार्टीका पुराना नेता तथा कार्यकर्तालाई भेट्ने कार्यक्रमसमेत बनाउनुभएकाे छ ।