काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले उपचुनावमा वैशाखी बिनाको नेपाली कांग्रेस उम्मेदवार उठाएर देखाउन कांग्रेस नेतृ डा.आरजु राणा देउवालाई चुनौती दिनुभएको छ ।
नेता बास्कोटाको गृह जिल्ला काभ्रे पुगेर आरजुले गोकुल बास्कोटाको जितमा सूर्यमुखी कांग्रेसको हात रहेको टिप्पणी गरेपछि उहाँले साउनमा लगाएको चस्माले मंसीरलाई पनि हरियै देखेको जवाफ दिनुभएको छ ।
मिसन ग्रासरुटको अभियानका क्रममा चितवन खटिएका बास्कोटाले आरजुलाई जवाफ दिँदै ट्विटमार्फत भन्नुहुन्छ, ‘आरजु भाउजूले कांग्रेसलाई निक्कै बलियो ठानेको रहेछ र साउनमा लगाएको चस्माले मंसिरलाई पनि हरियै देखेछ। म भरतपुरबाटै कांग्रेसी दम हेर्न आतुर छु। लौन भाउजू, तत्कालै हुन लागेको उपचुनावमा विना वैशाखी चार तारे उम्मेदवार उठाएर देखाउनुस् त !

प्रतिक्रिया