सुर्खेत – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले प्रदेश सरकारमा रहेका आफ्ना मुख्यमन्त्री तथा मन्त्रीहरुलाई छाड्न कुनै निर्देशन नदिने बताउनु भएको छ ।
अछाम जाने क्रममा सुर्खेतमा विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा प्रदेशकै अधिकार रहेको बताउनु भएको हो ।
उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘सरकारमा रहने की बाहिरिने भन्ने त सरकारमा नेतृत्व गरेका मुख्यमन्त्रीहरुकै तजविजमा भरपर्छ।केन्द्रमा समिकरण बदलियो भन्दैमा प्रदेशमा समिकरण बदलिहाल्नु पर्छ भन्ने मनसायमा पार्टीको केन्द्रीय नेतृत्व छैन ।’
पौडेलले एमालेबाट मुख्यमन्त्री र मन्त्री बनेकाहरुलाई सरकार छाड वा राजिनामा दिनुपर्छ भनेर कुनै निर्देशन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘समिकरण कायम रहन्छ वा रहदैन् भन्ने प्रदेशमै रहेका एमालेको नेतृत्वमा निर्भर रहन्छ । यसमा केन्द्रको कुनै हस्तक्षेप र परिपत्र गर्दैन।’
उहाँले देशको अर्थतन्त्र निराशाजन अवस्था पुग्दा पनि देशले यतिका समयसम्म अर्थमन्त्री नै नपाउनु दुभाग्य भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ, ‘सरकारले राम्रा काम गर्ला भनेर आशा गर्ने ठाउँ छैन । प्रतिपक्षमा रहेर सडक र सदनबाट जनताका समस्याहरु बुलन्द रुपमा उठान गर्ने र आगामी निर्वाचनका लागि एकल बहुमत निर्माण गर्नेगरी जनता माझ पुग्न मिसन ग्रासरुटमा होमिएका छौं ।’






प्रतिक्रिया