अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ग्रासरुट: एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न

मिसन ग्रासरुट: एमाले पर्वत-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न


काठमाडौं – नेकपा (एमाले) पर्वत-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रशिक्षण तथा ‘समृद्ध नेपाल, सुखी नेपालीको यात्रामा मिसन ग्रासरुट’ सम्बन्धी कार्यशाला शनिवार राजधानीमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ हुनुहुन्थ्यो । उहाँले देशको विकासका लागि नेकपा (एमाले) को सरकार आवश्यक रहेको बताउँदै त्यसका लागि पार्टीलाई सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

देशमा जब एमालेको नेतृत्वमा सरकार गठन हुन्छ, विकासले गति लिने गरेको चर्चा गर्दै उपमहासचिव गुरूङले २०५१ सालमा नेकपा (एमाले) को सरकार बनेपछि विकास, सामाजिक न्याय र सुरक्षा जस्ता विषय राज्यबाट सम्बोधन हुन थालेको स्मरण गर्नुभयो ।

 उहाँले विगतमा एमालेको देश र जनताप्रतिको इमानदार भूमिकाले गर्दा पहिलो र दोस्रो शान्तिपूर्ण जनआन्दोलन सफल भएको, एमालेको विशेष पहलमा २०७२ सालमा संविधान जारी हुन सकेको, संविधान जारी गरेवापत व्यहोर्नु परेको भारतीय नाकाबन्दीलाई एमालेले मात्र डटेर सामना र प्रतिकार गरेको चर्चा गर्नुभयो । 

कार्यक्रममा  समृद्ध नेपाल सुखी नेपालीको यात्रामा मिसन ग्रासरुट बिषयमा ग्रामीण विकास विज्ञ डा. योगेन्द्र रिजालले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सेवा निवृत्त सहसचिव देवेन्द्र लामिछाने र प्राडा प्रेम शर्माले टिप्पणी गर्नुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले पर्वत–काठमाडौं सम्पर्क मञ्चको कार्य निकै रचनात्मक भएकाले यस्तो खालको राजनीतिक वहस अभ्यासको सराहना गर्नुभयो ।

सम्पर्क समन्वय कमिटीका सचिव इन्द्र भण्डारीले मिसन ग्रासरुटको आवश्यकताबारे प्रकाश पार्दै यसमा राजनीतिक वहसमा विकास तथा योजना जोडेर कार्यक्रम गर्ने सम्पर्क मञ्चको कार्य प्रसंशनीय रहेको वताउनुभयो । 

मिसन ग्रासरुटका प्रतिनिधिहरू, सम्पर्क समन्वय कमिटीका सदस्यहरू, गण्डकी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष लगायत सयौंको सङ्ख्यामा उपस्थित सहभागीहरू रहेको कार्यक्रम मञ्चका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भरत पौडेलले राख्नुभएको थियो भने उपसचिव शोभा सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे ।