अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जस्केलाबाट होइन, मूलढोकाबाटै फेरि सिंहदरबार पस्छौं: अध्यक्ष ओली

जस्केलाबाट होइन, मूलढोकाबाटै फेरि सिंहदरबार पस्छौं: अध्यक्ष ओली


अर्घाखाँची – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जालझेल गरेर सरकारबाट हटाएको बताउनु भएको छ।

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सपार्न प्रधानमन्त्री बनाएको भएपनि सफल नभएको बताउनु भएको छ।

मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीमा पुगेर उहाँले भन्नुभयो, ‘अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो । मति बिग्रेकाको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो । तर, हामीले देख्यौं सरकार बनाइदिएको भोलिपल्टबाट मैले हेरें चालमाल ठिक छैन।’

अध्यक्ष ओलीले आफूहरुले कम्युनिष्ट पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्याएको भएपनि जोगाउन नसकेको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो । तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो । तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मुल ढोकाबाट फेरि सिंहदरबार फकिन्छौं भन्ने मैले हामीलाई हटाउने बेलाम भनिएको थिएँ ।’