विराटनगर – झापाको कलबलगुरीमा रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशकमा प्रदेशसचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिएको छ ।
सोमबार बसेको कोशी प्रदेशको मन्त्रिपरीषद बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि सापकोटालाई निर्देशकको जिम्मेवारी दिइएको हो। यसअघिका निर्देशक विष्णकुमार कार्कीले पदावधि सकिए पनि त्यही पदमा रहेर काम गरिरहेका थिए। त्यस विषयमा योबेलाडटकमले ‘सरकारले बर्खात गरेका कार्की अझै ‘हाकिम कै भूमिका’मा शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

तत्काली मुख्यमन्त्री राजेन्द्र राईले कार्कीलाई प्रतिष्ठानको निर्देशकमा २०७८ साल चैत २१ गते नियुक्त गर्नुभएको थियो । २०७९ साल फाल्गुन २६ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पदावधी सकिएको जानकारी दिँदै पत्र लेख्दा पनि उहाँले कार्यालयमा निर्देशककै भूमिकामा सेवासूविधा उपभोग गरी काम गरिरहेको पाएपछि समाचार तयार पारेका थियौँ ।

उहाँले पेश गर्नुभएको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०१९ साल उल्लेख गरिएको छ। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्थ ऐन २०७९ को दफा ५ अनुसार उनको पद सकिएको जानकारी मुख्यमन्त्री कार्यालयका सचिव कृष्ण प्रसाद सापकोटाले दिनुभयो।
नियुक्त हुँदा पेश गरेको नागरिकतामा ६० वर्ष पुगेको र २०७९ साल मंसिर २४ मा नै ६० वर्ष पुगेको उल्लेख गर्दै त्यहाँ यता कानूनत बस्न नमिल्ने पत्र सापकोटाको हस्ताक्षरमा दिइएको छ।
कार्कीलाई उमेरहदका कारण कानूनत उक्त पदमा बस्न नमिल्ने पत्र मुख्यमन्त्री कार्यालयले दिँदा पनि उहाँले त्यसको अवज्ञा गर्दै आइरहनु भएको थियो ।
प्रतिक्रिया