अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बुलिङटारमा एमालेको मिसन ग्रासरुटको वडास्तरीय अभियान सकियो

बुलिङटारमा एमालेको मिसन ग्रासरुटको वडास्तरीय अभियान सकियो


नवलपुर- नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट नवलपुरको बुलिङटारका सबै वडामा सम्पन्न भएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरमा हुने अभियानका कार्यक्रम सम्पन्न भएको नेकपा ( एमाले) का केन्द्रीय सदस्य एवम् केन्द्रीय अभियान्ता जमिन्द्रमान घलेले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटिले उहाँलाई बुलिङटार, गैंडाकोट र देवचुली नगरपालिकामा अभियान्ताको रुपमा खटाएको थियो । नवलपुरमा वडास्तरको अभियान सम्पन्न गर्ने बुलिङटार गाउँपालिका पहिलो भएको एमालेका युवा नेता एवम् जिल्ला कमिटीबाट खटिएका अभियान्ता विद्रोही गिरी बताउनुभयो । गाउँपालिका स्तरीय कार्यक्रमबाट वडास्तरका कार्यक्रमहरु तय भएका थिए । वडास्तर सम्म तोकिएको काम समयै भएको छ ,अव टोल कमिटिहरुको बैठक , जनवर्गीय संगठनको बैठक तथा भेलाका कामहरु टोलस्तरमा हुनेछन् । टोल स्तरका बैठक र भेलाले पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यताहरु प्रदानका सिफारिस गर्ने काम चैत्र २० गते भित्र सक्ने र पालिकास्तरमा अभियानको समिक्षा हुने युवा नेता गिरीले बताउनुभयो ।
चैतको २४ गते पालिकास्तरमा कामको समिक्षा हुन्छ उहाँले भन्नुभयो –‘ चैतको २९ गते पालिका स्तरका अगुवा कार्यकर्ताहरुको बीचमा प्रशिक्षण कार्यक्रम हुन्छ त्यसका लागि एमाले उप महासचिव पृथ्वीसुब्बा गुरुङ आउनुहुन्छ’ । पालिकास्तरको पार्टी कार्यक्रममा बुलिङटार आउने उहाँ पदाधिकारी स्तरको पहिलो नेता हो ।
पार्टीका नेता र कार्यकर्ता बीचको खाडलको कम गर्न अभियानले महत्वपूर्ण काम गरेको छ । पार्टीको नेतृत्वले राष्ट्रिय मुद्दामा खेल्नुपर्ने भूमिका शसक्त बनाउन कार्यकर्ताले आग्रह गरेका छन् । तपाईहरुले मुल धमिलो नबनाउनुहोस् , सुकिला मुकिला कुराले मात्र हुदैन तल हामी धान्छौं तपाईहरु नहल्लिनुहोस् बुलिङटार – ४ का एमाले वडाध्यक्ष कुलबहादुर ठाडाले भन्नुभयो – नेताहरु नै अवसरबाद फस्दा समस्या हुने गरेको छ ’ ।
अभियानमा प्रदेश कमिटीका सदस्यहरु गोपेन्द्रकेशरी न्यौपाने, टंकनाथ गिरी, टंक माकिम लगाएतका नेताहरु खटिनु भएको थियो ।