अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री बन्ने मलाई कुनै रहर छैन: अध्यक्ष ओली

प्रधानमन्त्री बन्ने मलाई कुनै रहर छैन: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताउनु भएको छ ।

पाल्पामा आयोजित मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै फेरि पनि प्रधानमन्त्री बन्न कुनै रहर नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन। प्रधानमन्त्री भएर मैले धेरै काम गरेको छु। काम गरेर देखाइसकें । म प्रधानमन्त्री बन्न नपाएको त्यस्तो पनि होइन । तपाईंहरुले बनाउनुभयो । प्रधानमन्त्री बनेर काम पनि देखाएको छु। तर देश जोगिन पर्‍यो। देशको रक्षा हुनपर्‍यो।’

अध्यक्ष ओलीले १० दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको बताउनु भयो। उहाँले एमालेविरुद्ध सबै शक्ति एकजुट भएर अप्ठ्यारो पारेपछि कब्जा गर्न लागेको पार्टी फिर्ता गरेको बताउनु भयो ।

उहाँले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको बताउनु भयो।

अध्यक्ष ओलीले आफूले देशको सीमाना मिचिएको बारेमा बोलेपछि पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा भोलिपल्ट कुम्लोकुटुरो बोकेर टिकट काटेर कुरा लगाउन छिमेकी देशमा जाने बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले सीमाना मिचिएको बारेमा बोलेपछि कुम्लो कुटुरो बोकेर कुरा लाउन उहाँहरु जानुहुन्छ । हजुर पाल्पामा केपी शर्मा ओलीले नेपालको सीमा घटायो भन्यो नि त्यसलाई आउन दिनु हुँदैन भनेर ।’