काठमाडौँ – मन्त्रीको भागबन्डा मिलाउन बसेको सत्ता साझेदार दलको बैठक भागबण्डा नमिलेपछि निष्कर्षविहीन बनेको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो।
बैठकमा नेपाली कांग्रेसले ९ मन्त्रालयको अडान राखेको थियो भने जसपा र नेकपा एसले ३–३ मन्त्रीको अडान राखेका थिए । यस्तै लोसपाले २ वटा मन्त्रालय मागेको एक नेताले बताउनु भयो ।
बैठकमा आज दाबी प्रस्तुत गर्ने कार्यमात्रै भएको र बुधबार थप छलफल गरेर सहमतिमा पुग्ने गरी आजको बैठक सकिएको एक नेताले बताउनु भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गर्नुभएको थियो ।
सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसकेपछि भोलि बिहान ९ बजे बस्नेगरी बैठक सकिएको हो ।






प्रतिक्रिया