बुटवल- पाँचदिन देखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पाल्पाको रानी महल जाादैहुनुहुन्छ ।
अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार अहिले पाल्पाको तानसेनमा रहनु भएका अध्यक्ष ओलीले रानी महलको अवलोकनपछि बुटवल पाल्पा सडक खण्डको सिद्धबाबाको प्रस्तवित सुरुंग मार्गको पनि निरीक्षण गर्नुहुनेछ । सधैं पहिरोको चपेटमा पर्ने सडकको यो खण्डमा अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सुरुंग मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।
अध्यक्ष ओलीले आजै बुटवल स्थित लुम्बिनी टेलिभिजनको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी बुटवलमा रुपन्देही जिल्ला स्तरीय कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेर साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
यसैगरी चैतको २२ र २३ गते अध्यक्ष ओली रोल्पा र रुकुमका विभिन्न कार्यक्रममा सहभागी हुन जाने तयारी गर्नुभएको छ । माओवादी शसस्त्र युद्धका उद्गम मानिने यी जिल्लाको भ्रमणको तयारी यस अघि गरिए पनि कार्यव्यस्तता कारण हुन नसकेकोले यस पटक त्यस्को तयारी गरिएको सचिवालयले जनाएको छ ।






प्रतिक्रिया