अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीमा भागवण्डा मिलाउन नसकेपछि न्यूनतम साझा कार्यक्रममा छलफल गर्दै सत्ता गठबन्धन

मन्त्रीमा भागवण्डा मिलाउन नसकेपछि न्यूनतम साझा कार्यक्रममा छलफल गर्दै सत्ता गठबन्धन


काठमाडौं -मन्त्री परिषद विस्तारको म्याद राखेका प्रधानमन्त्री पुष्पकमल दाहालले भागवण्डा मिलाउन नसकेपछि त्यसलाई थाती राखेर न्यूनतम साझा कार्यक्रम बारे छलफल सुरु गर्नु भएको छ । त्यसका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।
मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुलाई सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए । त्यो मस्यौदामा आजको बैठकमा नेताहरुले आ(आफ्ना राय सुझाव प्रस्तुत गर्ने छन् ।त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने दलहरुको तयारी छ ।