काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्नुभएको हो ।
कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. राउतले एक कार्यक्रमबीच पार्टीमा स्वागत गर्नुभयो ।
गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उहाँ बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार हुनु भएको थियो । तर उहाँ तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित हुनु भएको थियो । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।
आगामी वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने निश्चित भएको छ ।
पार्टी प्रवेशका क्रममा कुशवाहले आफूलाई माओवादीभित्र सधैँ अन्याय गरिएको गुनासो गर्नुभयो ।
कुशवाह २०६४ को संविधानसभामा निर्वाचित हुनु भएको थियो । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ जसपाका रामसहाय प्रसाद यादवसँग बारा २ मै पराजित भएका थिए।






प्रतिक्रिया