अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मिसन ग्रासरुटले जनस्तरमा जागृत गरेको राजनीतिक सञ्चार

मिसन ग्रासरुटले जनस्तरमा जागृत गरेको राजनीतिक सञ्चार


नेकपा एमालेले  २०७३ फागुन २१ देखि चैत्र ५ मा सम्पन्न गरेको १५ दिने मेची महाकाली राष्ट्रिय अभियान पछिको मिसन ग्रासरुट (एमजिआर) अभियान सबभन्दा ठूलो हो । अहिले देशभर नेकपा (एमाले)को सिंगो पार्टीपंक्ति मिसन ग्रासरुट अभियान मार्फत जनस्तरमा परिचान छ। मिसन ग्रासरुटले आम नागरीकमा एक प्रकारको छुुटै राजनीतिक हलचल ल्याएको छ । चुनावदेखि चुनाब सम्म भन्ने मान्यतालाई नेकपा(एमाले)ले यो अभियान मार्फत बदल्न सफल भएको देखिन्छ । सम्पुर्ण पार्टीपंक्तिलाई संगठित रुपमा परिचाल गरेर यो अभियान मार्फत एमाले ले नँया संदेश दिन मात्र होइन परम्परागत राजनीतिक कोष करेक्सन गर्न खोजेको छ । नेपालका राजनीतिक दलहरु द्धारा गरिने राजनीतिक बहसलाई नयाँ ढगवाट समाज केन्द्रित बहस गर्न केन्द्रिय अध्यक्ष केपी शर्मा ओली देखि सबै नेता कार्यक्रता पंक्ति जनस्तरमा देखिएका छन् । यथार्थ एमालेको मिसन ग्रासरुट अभियानले देशमा नयाँ वहस आरम्भ गरेको छ ।

नेपाली समाजमा रहेका विद्यमान समस्यालाई हेर्ने बुझने् दृष्टिकोण जुन छ त्यसमा ठूलाे अन्तरविरोध र ग्याप छ। दलको बुझाइ, दलका नेताको बुझाइ र आम जनताको बुभाइमा एकरुपता हुन नसक्दाको परिणाम राजनीतिक परिवर्तनले सही  दिशार्निदेश गर्न सकेको छैन । अर्को अर्थमा भन्दा दल र जनताको लय मिल्न सकेको छैन । लय मिल्न नसक्दाको परिणाम नेपाली समाजको हुनु पर्ने विकास  हुन सकिरहेको छैन। यो अवस्थाको आवधिक लेखाजोख गर्ने दायित्व राजनीतिक दलको हो। तर हालसम्म कुनै दलले गरेका छैनन्। चुनावका बेला जनताका विचमा दलले गरेका बाचा चुनाबसगै ओझेलमा पर्ने र चुनावी घोषणा पत्र घोषणामै सिमित हुने परम्परा नेपालका राजनीतिक दलले छाड्न सकेको देखिदन । जनताको सहभागिता विना तयार गरिएका दलका चुनावी घोषणा पत्र,प्रतिबद्धता पत्र चुनावदेखि चुनाव सम्मका कागज मात्र हुने गरेका छन् । यो परम्परागत राजनीतिबाट माथि उठ्न नेकपा एमालेले अहिले मिसन ग्रासरुट अभियान संचालन गरेको छ ।

एमजिआर अभियानले गाँउमा राजनीतिक विषय मात्र होइनन समाजका सम्पुर्ण विषयहरुसँग छलफल, बहस र अन्तरक्रिया गरिहेको छ। नेताले भन्ने जनताले सुन्ने परम्पराका विरुद्ध जनताले भन्ने नेताले सुन्ने गरी यो अभियान गाँँउगाँउमा केन्द्रित छ।  राजनीतिक बुझ्ने विषय र जनस्तरका सवाल बुझने विषय धेरै फरक कुरा हो । राजनीतिक किताब पढेपनि बुझिन्छ तर समाज बुझ्न समाजसंग अन्तर घुलन हुनैपर्छ । जबसम्म नेताले समाजलाई आम नागरीकको नजरबाट हेर्न सक्दैन तबसम्म समाज बदल्ने कुरा सम्भव हुनै सक्दैन । समाजलाई बदल्न राजनीतिक दल र नेताहरुको नजरिया बदलिनै पर्छ । समाजलाई आम नागरीकको आखाँबाट हेर्ने कोसिस गर्नैपर्छ । राज्यका जुन तहमा समस्या छन् त्यही तहका नागरिकको अगुवाईमा ती समस्या समाधानका उपाय खोजिने कुरा नै दिगो विकासका आधार हुन सक्दछन् । कुनैपनि पार्टीको सिद्धान्त आम नागरिकको समस्या समाधानसँग जोडिन सकेन भने त्यो सिद्धान्त सिद्धान्त हुन सक्ला तर जनताको मुक्तिको सिद्धान्त बन्न सक्दैन ।  सिद्धान्तलाई जनताको मुक्तिको सिद्धान्त बनाउन सिद्धान्त बुझेको संगठन निमार्ण गर्नै पर्ने हुन्छ । जुन राजनीतक संगठनले पार्टीको सिद्धान्तलाई ब्यवहारको कसीमा उर्तान सकोस् ।

पार्टीलाई जनताको पार्टी बनाउन पार्टीका नेता कार्यकर्ता जनतासँग भिझेकै हुन पर्दछ। अन्यथा दाप भित्र राखेको  खुकुरी जस्तो खिया लागेको कागजी संगठनबाट समाज रुपान्त्रर्ण हुन्छ भन्ने कल्पनापनि गर्न सकिंदैन । नेकपा एमालेले विगतका अनुभवलाई नेपाली समाजको मौलिकता अनुसार नेपाललाई समृद्ध र समाजलाई सुखी बनाउन यो अभियान संचालन गरेको छ । यो राष्ट्रिय आकांक्षालाई पूरा गर्न तेजतरार संगठन हुनैपर्दछ । जुन संगठनले आम नागरीकका समस्या बोल्ने मात्र होइनन् अन्तरआत्मा देखि बुझ्न र बोक्न सक्ने हुन् ।

मिसन ग्रासरुटले समाजका राजनीतिक लगायत आर्थिक, धार्मिक र सांस्कृतिक विषयमा पार्टीपंक्तिलाई बहसमा उतारेको छ। केन्द्रिय नेतृत्वको सहभागितामा हुने छलफलमा आम सममुदायको उल्लेखनीय सहभागिता देखिएको छ । वास्तवमा मिसन ग्रासरुटले आम नागरीकलाई नयाँ राजनीतिक स्वाद दिन सफल भएको छ। चुनावका निम्ति मात्र राजनीतिक दल हु्न् भन्ने नेपाली समाजमा रहेको आम मान्यतामा यो अभियानले बदलाव ल्याएको छ। अरुलाई बदल्न आफुपनि समय अनुसार बदलिनु सक्नु पर्छ भन्ने मान्यतालाई शिरोधार्य गर्दै एमालेका नेता आफू बदलिदै समाज बदल्न अहिले गाउँ केन्द्रित भएका छन् । चुनावी आँखाले चुनावी मौसममा हेरिएका समाजका समस्याहरु अरुबेलाका आँखाले हेर्दा झन् गहिरो हिसाबले हेर्न सकिन्छन् । ती समस्या समाधानका निम्ति जन केन्द्रित संगठन निमार्ण हुँदा मात्र ति समस्या समाधान गर्न सकिन्छन् । अहिले नेकपा (एमाले)ले ती आम समस्या सिसन ग्रासरुट मार्फत चुनाबपछिका आँखाले हेर्ने प्रयास गरिरहेको छ।

नेपाली समाजको आमुल पविर्तन हुन नसक्नुका पछाडी राजनीतिक कारण मात्र छैन,अरु धेरै कारणहरुपनि समाजमा ज्वलन्त छन् । जसलाई राज्यले सही सम्बोधन  गर्न सकिरहेको छैन । नेपाली समाज रुपान्तरणमा व्यवधान गर्ने ति सबै कारणहरुको खोजि अबको राजनीतिले र राज्यले गर्न सक्नुपर्छ । जो नेपाली समाजपिच्छे ति फरक फरक छन् । कतै छुवाछुत छ भने, कतै जातीय विभेद,कतै धार्मिक विभेद, कतै पहिचानको समस्या,कतै आर्थिक असमानता, कतै भौगोलिक जटिलता र कतै राजनीतक द्वन्द्वले सिर्जना गरेको विभेद जस्ता थुप्रै कारणले हाम्रो समाज ग्रस्त छ । यी र यस्तै थुप्रै विभेद अहिलेपनि नेपाली समाजमा ब्याप्त छन् । यद्यपी नेपालको संविधानले यि विभेद चिन्दैन जसको कानुनी उपचारको ब्यवस्था गरेको छ तर समाजले यि विभेदहरु विर्सदैन र यो वा त्यो ढंगवाट नेपाली समाज पिडित हुदै आइरहेको छ । यी समस्या निरुपणका निम्ति पनि समाज जागरुक हुन जरुरी छ । अहिले मिसन ग्रासरुटले यि समस्यालाई केलाउने कोसिस गरिरहेको छ र सिंगो समाजलाई यि विषयमा खुल्ला छलफलका निम्ति आमन्त्रण गरेको छ।

बैठक देखि बैठकका निम्ति मात्र पार्टी कमिटीका बैठक हुन हुदैन । बैठकले समाजका जल्दा बल्दा समस्या पहिचान गर्ने र निरुपण गर्ने बैठक बसालिनु पर्दछ । कमिटीका बैठकका निणर्य पार्टी कमिटीका पक्षमा मात्र केन्द्रित हुन हुदैन आफ्नो कार्यक्षेत्रका जनताका समस्याहरुसंग जोडिने बैठेकले कार्यसुचि तयार गर्न सक्नु पर्दछ । अनि मात्र ति बैठकले जनताका समस्याहरु हल गर्न सक्छन् र त्यस्ता बैठक मात्र पार्टीका बैठक हुन सक्छन् । कमिटी प्रणाली बेगरको पार्टी र्मोचा हुन सक्छ राज्य संचालन गर्ने पार्टी हुन सक्दैन । नेकपा एमाले यो देशको प्रमुख पार्टी हो जुन पार्टीसँग देशको शासन सत्ता संचालन गरेको राम्रो अनुभव छ । जतिबेला एमाले पार्टीले राज्य संचालन गर्ने अवसर पाएको छ त्यो अवसरलाई देश जनताको पक्षमा सदुपयोग गरेको छ । नेकपा एमाले सफल हुनुका पछाडीको प्रमुख कारण भनेकै कमिटी प्रणाली,ब्यक्तिगत जिम्मेवारी र सामुहिक निणर्य प्रणाली नै प्रमुख हुन ।

जबसम्म नेताले समाजलाई आम नागरिकको नजरबाट हेर्न सक्दैन तबसम्म समाज बदल्ने कुरा सम्भव हुनै सक्दैन । समाजलाई बदल्न राजनीतिक दल र नेताहरुको नजरिया बदलिनै पर्छ।

समयको गति,यथार्थ र आवश्यक्ता अनुसार पार्टी प्रणालीलाई मैदानमा खरो उतार्न सक्नाले नै एमाले आजको एमाले हुन सकेको हो । यो यथार्थलाई ग्रहण गर्दै आज निमार्ण भएका पार्टी संगठनलाई समयको माग अनुसार कामकाजी बनाउन पार्टीले मिसन ग्रासरुट अभियान संचालन गरेको छ । तत्कालिन नेकपा कालमा नेताहरुमा देखिएको अवसवाद र अराजकताका कारण पार्टी प्रणालीमा धेरै क्षति भएको थियो । जसको भरपाई मिसन ग्रासरुटले अहिले गरेको छ । यो अभियानले स्थानीय स्तरमा अस्तव्यस्त अवस्थामा हुन पुगेको पार्टीलाई पुन संरचना गरेको छ । यो अबधीमा देशका सबै स्थानमा पार्र्टी कमिटी गठन,पुनगठन र ब्यवस्थित भएका छन् । कम्युनिष्ट पार्टीका निम्ति आधार स्तम्भको रुपमा काम गर्ने सार्वभौम पार्टी सदस्यहरुको नविकरण,नयाँ आवेदन भर्ने जस्ता सांगठनिक काम उत्साहपुर्ण सम्पन्न भएका छन् । अन्य पार्टीवाट आएका कार्यकर्ताको समायोजन,व्यवस्थापन,पार्टी प्रवेश जस्ता महत्पुर्ण काम अभियानले सोचे भन्दा धेरै गरेको छ ।

आम मतदाताका कमजोरीहरुको फाइदा उठाउदै सिंहदरवार प्रवेश गर्ने र काठमाडौंको सुविधामा भासिने राजनीतिक नेताहरुका विरुद्ध मतदातालाई सचेत पार्न यो अभियान सफल भएको छ । मिसन ग्रासरुटले राजनीतिक विषयमा मात्र जनतालाई प्रशिक्षित गरेको छैन समाजका सबै विषयमा जनतासंग प्रत्यक्ष अन्तर संवाद गरेको छ । समाजका हरेक विषयमा राजनीतिले संवाद गर्नपर्छ भन्ने मान्यताका साथ अभियानले अभियानका कार्यसुचि बनाएको थियो । स्थानीय तहका कार्यकर्ताको सहभागितामा बनेको अभियानको कार्यसुचीले स्थानीय स्तरमा उठेका प्रश्नहरुको हलका निम्ति सामुहिक छलफल गराएको छ । 

संगठन बुझेका नेता,कार्यक्रताको पंक्रिवाट मात्र समाज बुझ्न सक्ने पार्टी संगठन निर्माण हुन्छ । समाज बुझेका कार्यपंक्तिबाट निमाणर््ा भएको संगठनले समाजका अन्तरविरोधहरुको सहि पहिचान गर्न सक्छ । जस्तोसुकै परिस्थतिको सामना गर्न सक्ने संगठन निमार्णका निम्ति राजनीतिक बैचारी प्रशिक्षण प्राप्त कार्यक्रता पंक्ति हुन जरुरी छ । जुन संगठन पार्टी र देशलाई संकट पर्दा सत्तिसाल झै उभिन सकोस् । मिसन ग्रासरुट राष्टिय अभियानले समाजका सबै पक्षसंग अन्तरक्रिया गर्न सिंगो पार्टीपंक्ति परिचालन गरेको छ । यो अभियानले नेकपा एमालेलाई मात्र होइन सिंगो नेपाली समाजलाई राजनीतिक रुपमा जागृत गराएको छ । गफाडी नेता र अल्छी कार्यकर्ताबाट न पार्टी बन्न सक्छ न त संगठन नै  कामकाजी हुन्छन् । कार्यकर्तासंग भिझेको नेतापंक्ति र जनतासंग भिझेको कार्यकर्ता पंक्तीले मात्र मुलुकका आम समस्या समाधान गर्न सक्छन् भन्ने यथार्थलाई यो आभियानले जनस्तरमा जनताको धारणा बनाउन सफल भएको छ।

 (लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ।)